याडिया नेपालले पायो ‘उत्कृष्ट मार्केटिङ’ अवार्ड

याडिया नेपालले उत्कृष्ट मार्केटिङको लागि अवार्ड जितेको छ। याडियाको नेपालको लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले हाल नेपाली बजारमा याडियाको एस-लाइक, जि ५ र सि वान एस गरेर तीन वटा मोडलको विद्युतीय स्कुटर बिक्री गर्दैछ। 

चिनियाँ ब्रान्ड याडियाले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा अवार्ड वितरण गर्दै आएको छ। यस्तैमा सन् २०२१ को ‘उत्कृष्ट मार्केटिङ’ विधामा याडिया नेपाल विजयी घोषणा गरिएको हो।

याडिया ब्रान्डका स्कुटर नेपालमा गत असारमा मात्रै भित्रिएको हो। कम्पनीले जम्मा डेढ महिनामा ५० वटा स्कुटर बिक्री गरेको कुजु प्रालिका निर्देशक उमिद श्रेष्ठले बताए। 

हाल याडियाको स्टक समेत सकिएको छ। ‘छोटो समयमै हामीले स्कुटरको सेल्स बढायौं। र, स्टकमा भएका सबै स्कुटर बिक्री गर्‍यौं,’ निर्देशक उमिदले सेल्सबारे भन्छन्, ‘अर्को चरणको स्कुटर यही फेबुअरी अन्तिमसम्ममा सार्वजनिक गर्दैछौं।’

Read A Full Article